सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप

  साउन १०, २०७७

काठमाडौं, साउन ८ : लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले लाखौ मजदुरलाई रोजगारी खोज्न सहयोग गर्नेछ ।

‘प्रवासी रोजगार’ नाम दिएर उनले सुरु गरेको एपको माध्यमबाट लाखौ मानिसहरुले जागिरको बिषयमा सही जानकारी पाउनेछन् । सोनुका अनुसार, ५ सय भन्दा बढी प्रतिष्ठित कम्पनीहरुमा रोजागरीको अवसरको जानकारी मजदुरहरुले एपको माध्यमबाट पाउनेछन् ।

सोनुले दिल्ली, मुम्बई, बैंगलोर, हैदराबाद, कोयम्बटुर, अहमदाबाद र तिरुनअन्तपुरमसहित विभिन्न ७ शहरमा सहायता केन्द्र पनि स्थापना गरेका छन् ।

तपाईको प्रतिक्रिया