फिल्म ‘क्रिस ४’ मा चार फरक भूमिकामा देखिदै ऋतिक

  साउन १०, २०७७

मुम्बई, साउन ९ : बलिउडका एक्सन स्टार ऋतिक रोशनले फिल्म ‘क्रिस ४’ मा पनि अभिनय गर्ने भएका छन् । फिल्म ‘क्रिस’बाट बलिउडमा चर्चा कमाउदै आएका  ऋतिकले ‘क्रिस ४’ मा पनि फरक भुमिकामा देखिने भएका हुन् ।

भारतिय मिडियाका अनुसार ‘क्रिस ४’ मा उनी अहिलेसम्मकै फरक भुमिकामा देखिने बताइएको छ । यस फिल्ममा पनि राकेश रोशनले नै निर्देशन गर्दैछन् । अहिले फिल्मको स्किृप्टमाथि काम भइरहेको बताइएको छ ।

फिल्मको कहानीमा परिवर्तन गरिएको बताइए पनि यसबारे कुनै पुष्टि गरिएको छैन । फिल्मको प्री–प्रोडक्सनको काम शुरु भइसकेको छ । यस फिल्ममा ऋतिक भिन्न चार भुमिकामा देखिने बताइएको छ ।

तपाईको प्रतिक्रिया