पहिरो क्षेत्रमा जोखिम मोलेर बस्छन् जम्बुबासी

  साउन १०, २०७७

सिन्धुपाल्चोक, साउन १० : बाढी र पहिरोको उच्च जोखिमा परेको बाह्बिसे नगरपािलका ५ जम्बु, शिरिेशे, खाग्दलका तीन दर्जन बढी घरका स्थानीयहरु अहिले पनि उक्त जोखिम क्षेत्रमा नै बस्दै आएका छन् । अन्यत्र काँही पनि बस्ने भूमि नभएपछि बाढी पहिरो क्षेत्रमा नै जम्बु र खाग्दलबासी बस्न बाध्यतामा परेका हुन् ।

जम्बु बाढीले सर्लक्कै पारेर २५ वटा भन्दा बढी घर बगायो । बाँकी रहेको सातवटा घरमा स्थानीय बस्दै आएका छन् । अन्त कतै जाने ठाउँ छैन् यहीँ नबसेर के गर्नु बाढीमा परिवारका सदस्य गुमाएका चरि बहादुर तामाङले पीडा व्यक्त गर्नुभयो ।

जम्बु, खाग्दल, कसेरी, तातोपानी, बुलकुटेका ६७ बढी घर बाढी र पहिरोले नामनिशाना मेट्ने गरि बगायो । उक्त दुई स्थानको बीचमा शिरिेशे गाउँ रहेको छ । सो गाउँमा दर्जन बढी घर रहेको छ । सो बस्ती माथि रहेको गातीका डाँडो जीर्ण अबस्थामा रहेको भूगर्भविदहरुले बताउँदै आएका छन् ।

तर त्यही डाँडोमुनि शिरिशेबासी बस्दै आएका छन् । जुनसुकै बेला उक्त पहाड पहिरोमा परिणत भएर आउन सक्ने खतरा भूगर्भविदले दिएका छन् । तर शिरिशेबासी सोही पहाडमुनि बाध्यताले बस्दै आएका छन । सो ठाउँकी जोलानी तामाङले अन्यत्र काँही जग्गा नभएपछि यहीँ बस्नु परेको पीडा व्यक्त गर्नुभयो ।

त्यसो त कसेरी, बुकाम लगायतका बस्तीका स्थानीय पहिरो क्षेत्रमा बस्नु परेको स्थानीय शिक्तल लामाले दुखःसो पोख्नुभएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी गाउँ, खोकुण्डोल, चाकु लगायतका स्थानीय पहिरोमूनि नै बस्नु परेको चाकुका सञ्जीव श्रेष्ठले पीडा ब्यक्त गर्नु भएको छ । कँहीकतै बस्ने जमीन नभएपछि पहिरोमुनिको बस्तीमा बस्नु परेको श्रेष्ठले बताउनु भयो । बाढी र पहिरोमुनि बस्दै आएका स्थानीयलाई स्थानीय सरकारले केही कदम चाल्न सकेको छैन ।

असार २५ गते राती भोटेकोशी नदी र एल्मो ठाडोखोलामा आएको भीषण बाढीले बा-हबिसे नगरपालिका ५ जम्बुका २५ घर, खाग्दलका २२ घर, तातोपानीका १३ घर, बुलकुटेका ५ घर र कसेरीको २ घर गरि ६७ घर बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया