जान्ह्बीको यस्तो दाबी

  साउन ०९, २०७७

मुम्बई, साउन ९ : बलिउड अभिनेत्री जान्ह्बी कपुरले आफूलाई नाताबादको नायिका भन्ने आरोप लागेकोमा दुःख ब्यक्त गरेकी छन् । आफ्नी आमाको सम्मानमा आफुले फिल्म अभिनयलाई रोजेको अभिनेत्री जान्ह्वीले बताएकी छन् । आफ्नो परिवार नै फिल्मसँग आबद्ध भएकाले फिल्मलाई नै आफुले पेशाको रुपमा लिएकी छिन् ।

आफ्नो हालै रिलिज भएको फिल्म गुन्जन सक्सेनाको बारेमा अन्तरवार्ता दिने क्रममा यी अभिनेत्रीले नाताबादबारे लागेको आरोपबारे यस्तो प्रतिक्रिया यस्तो दिएकी हुन् । फिल्म गुन्जन सक्सेन कोरोना संक्रमण र लकडाउनबीच पनि यतिबेला डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ ।

फिल्म गुन्जन सक्सेनाको छायाँकनको क्रममा भोगाईलाई स्मरण गर्दै उनले भनिन,‘छायाँकनका क्रममा पुरुषहरुको बीचमा एक महिला सैनिक भएर काम गर्नु आफैंमा जति गाह्रो थियो । सो क्रममा छायाँकनमा कपडा फेर्ने सुरक्षित ठाउँ समेत नभएर धेरै दुःख पाईएको थियो ।’ पुरुषहरुबीच गुञ्जनको सँघर्ष आफैंमा अबिस्मरणीय भएको यी अभिनेत्रीले बताएकी छिन् ।

सेना भन्नासाथ पुरुष हुनुपर्छ भन्ने सामाजिक मान्यता छ । तर आफुले यो फिल्ममा गुन्जन सक्सेनाको भूमिकामार्फत सेना भनेको महिला पनि हुन्छन भन्ने मान्यता स्थापित गरेको अभिनेत्री जान्ह्वीले बताएकी छिन् ।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेर लामो समय देशको रक्षा गरेकी महिला सैनिक गुन्जन सक्सेनको जीबनीमा यो फिल्म निर्माण भएको थियो । यो फिल्मका लागि आफुले गुञ्जनलाई भेटेर सँघर्षका धेरै कुराहरुलाई नजिकबाट बुझने अबसर पाएको उनले बताएकी छिन् ।

उनको यो फिल्म १३ अप्रिलमा फिल्म हलमा रिलिज गरिने भनिएको थियो । तर कोरोना सँक्रमणसँगै लकडाउन भएपछि सो मितिमा यो फिल्म रिलिज हुन सकेनन । त्यसैले यतीबेला फिल्मलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ । फिल्ममा आफुले गरेको कामले आफु नाताबाटबाट नभएर सच्चा मेहनतबाट उत्रिएको पुष्टी गरेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया