साम्राज्ञीविरुद्ध भुवन केसीले हाले जिल्ला अदालत काठमाडौंमा मुद्दा

  साउन ०९, २०७७

काठमाडौं, साउन ९ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्‍मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् ।

केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्ता भइसकेको र छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ । यसअघि अभिनेता केसीले चलचित्र कलाकार संघमा समेत सामाज्ञ्रीले आफूमाथि झुटो आरोप लगाएको भन्दै उजुरी दिएका थिए ।

यस्तै, सामाग्रीकी आमा नेहा राज्यलक्ष्मी शाहले भने आफूहरुलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको बताएकी छन् । साम्राज्ञीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै केसीले आफुमाथि दुर्व्यवहार गरेको बताएकी थइन् । सो भिडियो सार्वजनिक भएसँगै केसीले उक्त कुराको खण्डन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया