भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

  साउन ०९, २०७७

नयाँ दिल्ली, साउन ९ : भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण एकैदिनमा ७४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको सङ्ख्या अहिलेसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा अहिले पनि चार लाख ४० हजार १३५ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा तीन लाख ४७ हजार ५०२ जना सङ्क्रमित भएका छन् । त्यसपछि तमिलनाडुमा एक लाख ९२ हजार ९६४ सङ्क्रमित रहेका छन् ।

राजधानीसमेत रहेको दिल्ली प्रदेशमा एक लाख २७ हजार ३६४ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश, कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस सङ्क्रमितहरू अरु राज्यको तुलनामा बढी नै रहेको छ ।

तपाईको प्रतिक्रिया