घुस लिएको आरोपमा डीएफओ दम्पती अख्तियारको नियन्त्रणमा

  साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला वन प्रमुख र उहाँकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । आयोगले डिभिजन वन कार्यालय, सुनसरीमा कार्यरत डिभिजन प्रमुख(डीएफओ) रामबाबु साह र उहाँकी श्रीमती किरण साहलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार दुवै जनाबाट स्रोत नखुलेको पाँच लाख ५३ हजार रुपियाँ बरामद गरिएको छ । प्रवक्ता अधिकारीले बा २ झ ४१० नम्बरको कार्यालयकै गाडी चढी सुनसरीबाट रौतहटतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा खानतलासी गरेपछि गाडीमै लुकाइराखेको अवस्थामा स्रोत नखुलेको उक्त रकम फेला परेको बताउनुभयो । दुवै जनालाई कोशी गाउँपालिका वडा नं ८, सुनसरीबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया