सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

  साउन ०९, २०७७

बिर्तामोड, साउन ९ : पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो ।

साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताउँनुभयो ।

सशस्त्र प्रहरीको एक महिला सहित १८ जनामा कोरोना पुष्टि भएसगै सो सशस्त्र प्रहरी क्याम्पलाई सील गरिएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनुभयो । झापामा शुक्रवार अन्य बिर्तामोड नगरपालिकामा एक जना पुरुष, बाह्रदशी र झापा गाउँपालिकामा समेत थप ३÷३ जना पुरुषमा कोरोना भाइरस रहेको पुष्टि भएको चम्लगाईँले बताउँनुभयो । यो सङ्ख्या समेत गरि झापामा जम्मा ३४५ जनामा कोरोना पुष्टि भएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका सशस्त्र प्रहरीमा नै ठूलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका भएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले बताउनुभयो । बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गर्नुभएको छ ।नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन ।

तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने काकरभिट्टाबासीको माग छ ।मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको यो नै डसंख्या हो । यस अघि मेची नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकैदिन १४ जनामा कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया