बाफलमा युवतीमाथि एसिड प्रहार, युवतीकाे अवस्था खतरामुक्त

  साउन ०८, २०७७

काठमाडौँ, साउन ८ : काठमाडौँकाे बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञवालीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

कसले आक्रमण गर्यो भन्ने नखुलेको र पीडितबाट पनि कुनै जानकारी नपाएको भए पनि आफूहरूले खोजी जारी राखेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया