रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकनका लागि निवेदन

  साउन ०८, २०७७

काठमाडौं, साउन ८ : श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा हुनु भएका रञ्जन कोइरालालाई सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले विहीबार सो निवेदन सर्वोच्च अदालत पठाएको महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो ।

कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए पनि निवेदन रुजुको काम बाँकी रहेकाले शुक्रबार रुजु र दर्ता हुने अदालत स्रोतले जनाएको छ ।
सर्वोच्चको सजायँ अवधि घटाउने निर्णयमा चित्त नबुझेकाले सो कार्यालयले उक्त निवदेशन दिएको हो ।

तपाईको प्रतिक्रिया