नेकपाका स्थायी समिति सदस्य शर्माबारेकाे समाचारप्रति ध्यानाकर्षण

  साउन ०८, २०७७

काठमाडाैँ, साउन ८ : केही दिनयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ का बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको प्रचणडकाे सचिवालयले जनाएकाे छ ।

आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषता भएकाले तिनै बहसका सम्बन्धमा मिडियामार्फत् कुनै पनि नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय भएकाे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले जनाएकाे हाे ।

पार्टी एकतादेखि आजसम्मको काममा प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएकोसँगै पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकाेटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

तपाईको प्रतिक्रिया