सिकागोमा हतियारधारी समूहको आक्रमणमा १४ जनाको मृत्यु

  साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : अमेरिकाको सिकागो शहरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्किनेहरूमाथि हतियारधारी समूहले गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सिकागो शहरमा पछिल्लो केही समययता नियमित रुपमा आक्रमणका घटना हुँदैआएका छन् ।

दक्षिणी सिकागोस्थित ग्रेश्मनजिकको एक घरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्केकाहरूमाथि कारमा सवार हतियारधारी समूहले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । मङ्गलबार साँझ भएको उक्त घटनामा केही व्यक्ति घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

सिकागो शहरका मेयर लोरी लाइटफुटले सङ्घीय अधिकारीहरूले आक्रमणका घटनाहरूलाई गम्भीरतापूर्वक लिएर समन्वयात्मक रुपमा अनुसन्धान गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले घटनाबारे कुनै प्रकारको जानकारी भए नाम गोप्य राखेर भएपनि अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ ।

अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयड प्रहरी नियन्त्रणमा मारिएपछि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक रुप लिएको थियो । त्यसयता हिंसात्मक घटना रोकिएको छैन ।

तपाईको प्रतिक्रिया