लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढ्यो

  साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलेका छन् ।

एक सय २० दिन लामो बन्दाबन्दीको अन्त्यसँगै मङ्गलबार मध्यरातदेखि लकडाउन खुलेको हो ।लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । योसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप अत्यधिक देखिएको छ । सवारीको चाप बढेपछि काठमाडौँका सडकमा पुनः जाम सुरु भएको छ ।

तपाईको प्रतिक्रिया