केरुङ च्छो ताल फुट्ने सम्भावना ट-याे

  साउन ०६, २०७७

सिन्धुपाल्चोक, साउन ६ : तिब्बतको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा पानीको सतह घट्न थालेपछि उक्त ताल फुट्ने सम्भावना टरेको जानकारी प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चीनको न्यालम र खासा वैदेशिक विभाग प्रमुख र प्रतिनिधिहरूले उक्त ताल क्षेत्रमा वर्षात हुन छाडेपछि तालको पानी एक मिटर कम भएको हुँदा ताल फुट्ने सम्भावना कम भएको बताइएको छ । सोमबार बेलुका भने तालमा पानी ओभरफ्लाे भएर फुट्ने सम्भावना भएको चिनियाँ पक्षले बताएको प्रजिअ ढकालले बताउनुभयो ।

दिनभर चिनियाँ भूगर्भविदको सात जनाको टोलीले सो ताल फुट्नसक्ने वा नसक्नेबारे अध्ययन गरिरहेको र हाललाई भने नफुट्ने सभावना रहेको खबर प्राप्त भएको प्रजिअ ढकालले जानकारी दिनुभएको छ । उक्त टोलीले ताल फुट्नसक्ने वा नसक्नेबारे अध्ययन गरिरहँदा भोटेकोशी, सुनकोशी नदी आसपास क्षेत्रमा बसोबास गर्नेहरूलाई सर्तकतापूर्वक बस्न आग्रह पनि गरिएको छ । नेपालको उत्तरी सीमा तातोपानीबाट उक्त ताल ५० किलोमिटर पर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया