चोभारको गल्छीमा सेल्फी सरर…

  साउन ०६, २०७७

कीर्तिपुर, असार ६ : तीन दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने बागमति नदीको बाढीसँगै आ–आफ्ना सेल्फी खिच्नेहरुको ताँती यहाँस्थित चोभारको गल्छीमा देखिएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका सहायक नदी छेउछाउका बस्ती डुबानपरेसँगै हरेक वर्ष यस क्षेत्रमा बाढी हेर्नेको घुईंचो लाग्ने गरेको छ ।

उक्त क्षेत्रमा रहेको पक्की पुल र झोलुङ्गै पुलसँगै जलविनायक मन्दिरसँगै रहेको नाग देवता परिसर र त्यसको छेउमै रहेको ढुङ्गामा बसेर सेल्फी लिनेको भिडभाड नै हुने गरेको छ ।अन्य स्थान भन्दा नाग देवताको ढुङ्गामा बागमतिको भेल सिधै ठोक्किने र त्यसको छालसँगै पैदा हुने वाफ र आवाजमा फोटो सेसन रोमाञ्चक र आकर्षक हुने गर्दछ ।

अरु दिन बागमतिको दुगन्धले ‘छि छि’ र ‘दुर दुर’ लाग्ने यस स्थान वर्षायाममा बाढीको कारणले केही दिन धेरैको प्रिय लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया