आंशिक रुपमा खुल्यो पोखरा बागलुङ सडकखण्ड

  साउन ०६, २०७७

काठमाडौं, साउन ६ : अविरल बर्षापछि सोमबार राती आएको पहिरोले अबरुद्ध पोखरा बागलुुङ सडकखण्डको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा–२ को नयाँपुल आंशिक रुपमा खुलेको छ ।

कुुश्मा नगरपालिका वडा–२ को नयाँपुुल सडक खण्डमा माथिवाट ठुलो ढुङ्गा खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको टोलीले स्काभेटरको सहयोगमा बाटोको केही अंश खुलाई साना सवारीहरु सुचारु गरेको छ ।

ठूला सवारी साधन चलाउने गरि दुईतर्फी सडक संचालनको काममा प्रहरी सक्रिय बनेर लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया