नवलपरासीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

  साउन ०६, २०७७

डाडाँझेरी (नवलपरासी), साउन ६ : चार दिन देखिको लगातार बर्षाका कारण आएको पहिरोले पूर्बी नवलपरासीकाे बुलिगंटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा गए राती एक घर पहिरोले पुरीए पछि दुई जनाको पहिरोमा पुरीएर ज्यान गएको छ ।

जिल्लाको पहाडी बिकट गाउँ डाडाँझेरीमा गए रातीको पहिरोले स्थानीय डाडाँझेरी टाँणीका ७० बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमति खिनीमायाँ सार्कीलाई पहिरोले पुरेको र खोजतलाश गर्ने क्रममा आज बिहान ९.१५ मा शब फेला परेको जिल्ला प्रहरी कार्यालय वूर्बी नवलपरासीका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।

राती करीब तीन बजे तिर घर माथिबाट आएको ठुलो पहिरो मा परेर सार्की दम्पत्ती नै हराईरहेका थिए ,स्थानीयले बिहानै देखि खोजताश गर्ने क्रममा घरमा पुरिएको अबस्थामा सार्की दम्पत्तीको शब फेला परेको प्रहरीले जनाएको छ । घर संगै पहिरोले सार्की दम्पत्ती , बाख्रा ,कुखुरा,सबै पहिरोले पुरेको छोरा धनबीर सार्कीले बताउनुभयो ।

पानी धेरै परेका कारण पहिरो आएको र घर नै पहिरोले बगाएको गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरिले घटनास्थलमा प्रहरी परिचालन गरिएको बताउनुभयो । घटनास्थल सदरमुकाम कावासोतबिाट ५० किलोमिटर उत्तरमा पर्दछ ।

तपाईको प्रतिक्रिया