सिनेमा घर खुल्यो तर सँगै बस्न मनाही

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : करिब छ महिनासम्म बन्दपछि चिनियाँ चलचित्र घरहरू आजबाट खुला गरिएका छन् । तर चलचित्र घरमा बसेर सिनेमा हेर्नु पहिलाझैँ हुने छैन ।

ग्राहकले अनलाइनबाट टिकेट बुकिङ गराउनुअघि कडा मापदण्डको पालना गर्नुपर्नेछ । चलचित्र घरलाई भने आफ्नो कुल ग्राहक क्षमताको ३० प्रतिशत मात्रै ग्राहक राख्न पाउने व्यवस्था गरिएको छ । सिनेमा घरमा बस्दा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । र सँगै बस्न पाउने छैन ।

चीनमा कोभिड–१९ को महामारीपछि जनजीवन सामान्य हुन लाग्नु स्वागतयोग्य रहेको स्थानीयले प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ । सन् २०२० को सुरुवातमै कोभिड–१९ को प्रकोप सुरु हुँदा सबैभन्दा पहिला सिनेमा घर र मलहरू बन्द गरिएको थियो । यद्दपी खतरा यथावत रहेको शहरहरूमा भने अझै सिनेमा घर सुचारु हुने छैन ।

चीनको उत्तर पश्चिम शहर सीनच्याङमा भने सिनेमा घर खुल्ने छैन । सिनच्याङको राजधानी उरुम्कीमा गत साता लक्षण पाइने ४७ जना सङ्क्रमितको पुष्टि भएको थियो । लक्षणविहीन ५० जनामा सङ्क्रमितको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया