लगातारको झरीले निथ्रुक्क काठमाडौँ

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : गए रातिबाट परेको अविरल वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुबान हुनुका साथै उपत्यकाका नदीहरूमा बाढी आएको छ । बाढीका कारण नदी किनारामा बसोबास गर्नेहरूलाई समस्या भएको छ । राजधानीमा लगातारकाे झरीले डुबान भएपछि सुरक्षा निकायका अधिकारीहरूले उद्धार गरेका थिए ।

काठमाडौँ तथा आसपासका क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको र जारी वर्षा बुधबारसम्म रहने मौसमविद्ले बताएका छन् । राजधानीमा भएको डुबान वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावले भएकाे विज्ञकाे राय छ ।

तपाईको प्रतिक्रिया