महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

  साउन ०४, २०७७

महेन्द्रनगर, साउन ४ : मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।  

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले आइतबार एक समारोहबीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने बताए। करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए।

यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरिएको बताए। ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको यो ३१ औं एक्सटेन्सन काउन्टर हो। 

भरखरै मात्र गण्डकी विकास बैंकलाई प्राप्ती गरेपछि मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन्। 

तपाईको प्रतिक्रिया