क्‍वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

  साउन ०४, २०७७

धनगढी, साउन ४ : कैलालीमा क्वारिन्टिनबाट भागेका एकजना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेका हुन् । 

उनी यही साउनको एक गते मात्रै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार मृत फेला परेका आउजी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वरिन्टिनमा बस्दै आएका थिए । तर उनी आइतबार  बिहानै क्वारेन्टिनबाट भागेका थिए । 

डीएसपी विष्टले मृतकको थ्रोट स्वाब लिइसकेको तर रिर्पोट आउन बाँकी रहेको बताए । ‘पीसीआर रिपोर्ट आउन अघिसम्म कोहि पनि शवको नजिक गएका छैनौं,’ उनले भने, ‘ घटनास्थल सिल गरेका छौं । रिर्पोट आएपछि लास उठाउने काम हुने छ ।’

तपाईको प्रतिक्रिया