१५ हजार युरो जरिवानापछि जोफ्रा आर्चर तेस्रो टेष्टमा सहभागी हुने

  साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अनुशासन उल्लघङ्न गर्दा जरिवाना तिर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमणका बीच वेष्टइन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्टको पूर्वसन्ध्यामा प्रोटोकल उल्लघङ्न गर्दा आर्चरले जरिवाना तिर्नुपरेको हो ।

जोफ्रा आर्चरलाई १५ हजार यूरो जरिवानासँगै लिखित चेतावनी दिएपछि तेस्रो टेष्टमा सहभागी हुनुहुने जनाइएको छ । गत आइतबार साउथम्पटनमा पहिलो टेष्ट खेल सम्पन्न भएपछि जोफ्रा आर्चर दोस्रो टेष्टका लागि म्यान्चेष्टर पुग्नुपर्ने थियो । तर बीच बाटोमा उहाँ होभस्थित आफ्नो घर पुगेर म्यान्चेष्टर जान लाग्दा इंग्ल्याण्ड क्रिकेट बोर्डले उहाँलाई दोस्रो टेष्टबाट बाहिर निकालेको थियो । निर्धारण गरिएको प्रोटोकल बमोजिम खेलाडीले भ्रमणको क्रममा तोकिएको स्थलबाहिर जान नहुने व्यवस्था गरिएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले लगातार दुई पटक जोफ्राको कोभिड–१९ टेष्टको प्रतिवेदनमा सङ्क्रमणको पुष्टि नभए मङ्गलबारदेखि उहाँ टोलीमा फर्किनुहुने जनाएको छ । बिहिबारदेखि उहाँ पाँच दिने आइसोलेसनमा हुनुहुन्थ्यो । आइसोलेसनको अवधिमा दुई पटक टेष्ट गरिनेछ । तेस्रो टेष्टका लागि उहाँ टोलीमा फर्किनुहुनेछ ।

तपाईको प्रतिक्रिया