सिटीलाई हराउँदै आर्सनल एफ ए कपको फाइनलमा

  साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कपको उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । एफ ए कपको उपाधिको लागि आर्सनलले अगष्ट १ मा चेल्सी वा म्यान्चेष्टर यूनाइटेडमध्ये एकको सामना गर्ने तय भएको छ ।

शनिबार अबेर राति सम्पन्न खेलमा आर्सनलले म्यान्चेष्टर सिटीलाई २–० ले हरायो । आर्सनलका लागि पिएरी एमेरिक अबमेयाङ्ग एक्लैले दुवै गोल गर्नुभयो । पहिलो हाफको १९ औँ मिनेटमा निकोलस पेपेको क्रसलाई गोल पोष्टको दिशा दिँदा सिटीले अबमेयाङ्गलाई गोल गर्नबाट रोक्न सकेन ।

दोस्रो हाफको सुरुदेखि नै खेल नियन्त्रणमा राखेको सिटी उत्तरार्धतिर खलबलिन पुग्दा अबमेयाङ्गले ७१ औँ मिनेटमा गोल दोब्बर गर्नुहुँदै आर्सनललाई उपाधिको होडसम्म पुर्याउन सफल हुनुभयो ।

तपाईको प्रतिक्रिया