इन्डियन प्रिमियर लिग यूएईमा सार्ने बीसीसीआईको तयारी

  साउन ०४, २०७७

काठमाडौँ, साउन ३ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने आकलनसहित तयारी सुरु गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप स्थगित भएको घोषणा गरेलगत्तै बीसीसीआईले प्रिमियर लिगको तिथि सार्वजनिक गर्ने तयारी गरेको छ । टी ट्वान्टी विश्व कप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १५ का लागि तय गरिएको छ । बीसीसीआईले भारत सरकारसँग प्रिमियर लिगको आगामी संस्करण यूएईमा सार्ने अनुमति मागेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर वृद्धि हुँदैगएपछि प्रिमियर लिगको भेन्युको विकल्प खोजिएको छ । भारत कोभिड–१९ बाट सङ्क्रमित हुने विश्वमै तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।

तपाईको प्रतिक्रिया