बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरि १६ जना मात्र भेटिए

  साउन ०४, २०७७

बेइजिङ्, साउन ४ : चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि बिरामी नथपिएको अधिकारीहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरू सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरि अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरि अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया