राक्षसको पुत्ला जलाई मनाइयो गठामुंगः पर्व

  साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः (घण्टाकर्ण) पर्व मनाएका छन् ।

साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी उपत्यका र देशविदेशमा रहेका नेवार समुदायमा यो चाड मनाइन्छ । भुतप्रेत पन्छाउने पर्वको रुपमा नाम दिएपनि यो पर्व सरसफाइको प्रतीकका रुपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविद्हरूको भनाइ छ ।

यस दिन राक्षसको पुत्ला बनाई जलाउने काम पनि गरिन्छ । गठामुंगः पर्वका दिन भूत, प्रेत र पिशाचादिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ । यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ ।

तपाईको प्रतिक्रिया