थप १०१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ४४५ पुग्यो

  साउन ०२, २०७७

काठमाडौँ, साउन २ : नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आफ्नो नियमित पत्रकार सम्मेलनमा हालसम्म ११ हजार ५३४ जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा २८५ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा २७ वटा प्रयोगशालामा चार हजार ६८८ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको निको हुने दर ६६.१२ प्रतिशत पुगेको छ । हाल २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी, आईसोलेशनमा पाँच हजार ८७१ जना छन् ।

सप्तरीको राजविराजका एकजना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । राजविराज नगरपालिका-१ का ७३ वर्षीय पुरुषको बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ मधुमेह र मुटुको समस्याले असार ३१ गते धरानमा उपचारका लागि भर्ना हुनुभएको थियो । 

तपाईको प्रतिक्रिया