इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु

  साउन ०१, २०७७

तेहरान, साउन १ : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन ।

विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकुसँग सङ्घर्ष गरिरहेको छ । कुर्दिस लडाकुहरू छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरूमाथि आक्रमण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया