भरतपुर विमानस्थल विस्तारका लागि ब्यारेक हटाउने सहमति

  साउन ०१, २०७७

भरतपुर, साउन १ : भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार्ने निर्णय भएको हो ।

भरतपुर विमानस्थल विस्तारको योजना सङ्घीय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । भरतपुर महानगरले बुधबार राखेको छलफलमा सेनाको ब्यारेक सार्ने सहमति भएको हो । “विमानस्थल विस्तारका लागि भरतपुर–१० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर–१, आँपटारीमा रहेको दियालो बङ्गलामा सार्ने सहमति भएको छ,” बैठकपछि महानगर प्रमुख रेणु दाहालले जानकारी भन्नुभयो ।

बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितको सहभागिता थियो । नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बङ्गलामा जान सहमत भएको छ दाहालले भन्नुभयो, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र)समेत भरतपुर–११, बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।”

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सारेर पनि विमानस्थल विस्तार गर्ने निर्णय हुनु स्वागतयोग्य बताउनुभयो । विमानस्थललाई आवश्यक जग्ग्गा ब्यारेकबाट लिनुपर्छ बाँकी जग्गामा सेनाको सानो टुकडी राख्न आवश्यक छ, उहाँले भन्नुभयो । सेनाको एयर बेस र लजिस्टिक राख्न पनि सो ठाउँमा सेनाको टुकडी जरुरी रहेको उहाँको भनाइ छ ।

नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना बनाउन सुरु गरिसकेको छ । गुरुयोजना र डीपीआर निर्माणको काम सुरु भइसकेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिनुभयो ।

भरतपुर विमानस्थलको धावन मार्ग हाल एक हजार दुई सय मिटरको छ । यसलाई विस्तार गरेर एक हजार पाँच सय मिटर पु¥याउने योजना छ । अहिले भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाजसमेत अवतरण गर्न नसकिने अवस्थामा विमानस्थलको विस्तारसँगै यसमा सहजता आउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया