पच्चीस किलो चाँदीको गहनासहित दुईजना पक्राउ

  असार ३१, २०७७

बारा, असार ३१ : बारामा २५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–५ बस्ने ३२ वर्षीय इन्द्रदेव यादव र प्रसौनी गाउँपालिका वडा नम्बर–६ बस्ने २५ वर्षीय वकिस अन्सारी रहेका बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले बताउनुभयो ।

भारतबाट चाँदीसहितको गहना भारतबाट कलैया आइरहेको सूचनाको आधारमा मनमत मटिअर्वा हुलाकी सडक अन्तर्गत कलैया उपमहानगरपालिका–१२ शीतलपुरबाट बुधबार दिउँसो ११ बजे प्रहरीले चेकजाँच गर्ने क्रममा ना. ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार यादव र अन्सारीलाई २५ किलो दुई सय ग्राम अवैध चाँदीका विभिन्न किसिमका गहना बरामद भएको प्रहरी उपरीक्षक पङ्गेनीले जानकारी दिनुभयो ।

पक्राउ गरिएको चाँदीको गहनासहित यादव र अन्सारीलाई थप कारबाहीको लागि वीरगञ्ज भन्सार आजै पठाएको बाराका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

तपाईको प्रतिक्रिया