काठमाडौँमा सातसहित थप ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या

  असार ३१, २०७७

काठमाडौँ, असार ३१ : पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित १७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएकाे छ । याेसँगै २,९८, ८२९ परीक्षणा भएकाे छ । क्वारेन्टाइनमा २४ हजार ५२७ र आइसोलेसनमा छ हजार ११३ रहेका छन् । ५२६ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीकाे एकजना रेड जाेनमा परेकाे छ ।

डिस्चार्ज
आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।

उपत्यकामा सङ्क्रमित
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा काेही पनि सङ्क्रमित भएका छैन ।

थप एकको मृत्यु
आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । रौतहटका ३६ वर्षीय पुरूषकाे असार ३१ गते साढे २ बजे निधन भएको छ ।

तपाईको प्रतिक्रिया