थप ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६१ पुग्यो

  असार ३०, २०७७

काठमाडौँ, असार ३० : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना सङ्क्रमित छन् । आइसोलेसनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ जना रहेको थियो ।

तपाईको प्रतिक्रिया