मन्त्रिपरिषद् बैठक सम्पन्न

  असार २९, २०७७

काठमाडौँ, असार २९ : मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा मुलुकमा अहिले देखिएको समस्या समाधानबारे छलफल भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो ।

“मन्त्रीपरिषदको यो नियमित बैठक हो, खासै उल्लेखनीय विषय आज थिएनन्,” उहाँले भन्नुभयो । केही विषयहरुबारेको सूची पारित भएपनि त्यसबारे उहाँले खुलाउनु भएन । साँझ ८ः३० बजेसम्म बसेको बैठकबारे विस्तृत जानकारी नियमित पत्रकार सम्मेलनमा आउने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया