ऎतिहासिक एकतालाई ध्यान दिएर पार्टीको विवाद समाधान गरिन्छ : प्रचण्ड

  असार २७, २०७७

माडी (चितवन), असार २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी माडी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन भावनाबाट पार्टी एकता भएको थियो, त्यही अनुसार विवादको सामाधान हुन्छ ।

सुझबुझबाट काम गरिने भएकाले कुनै दुर्घटना हुन नदिने उहाँले बताउनुभयो । जतिसुकै कठिन अवस्था भए पनि समाधान गरीछाड्ने दाबी गर्नुभयो । ‘पार्टीको विधि र विधान अनुसार हिँड्न र लहडमा समर्थन र विरोधमा नहिँड्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डले निर्देशन दिनुभयो ।

‘माथि केही समस्या भए हामी बसेर समाधान गर्छौँ, तपाईंहरू विधि र विधानबाहेक केही नगर्नुस् ।’ उहाँले भन्नुभयो । पार्टी एकताको पक्षमा उभिन कार्यकर्तालाई अनुरोध गर्नुभयो । माडीको विकासमा निकुञ्ज ऎन बाधक भएको भन्दै त्यसलाई संशाेधनको तयारीमा रहेको जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया