२४ घण्टामा ७० नयाँ संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ७१९ पुग्यो

  असार २७, २०७७

काठमाडौं, असार २७ : नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलन कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोभिड–१९ का आठ हजार २३९ जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका कोभिड–१९ को आशंका गरिएकाको संख्या २४ हजार ८७ रहेको छ । पछिल्लो चौबिस घण्टामा ४३१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । आइसोलेशनमा रहेका बिरामीको संख्उा आठ हजार २३९ छन् ।

त्यसैगरी, कोभिड–१९ सङ्क्रमितको निको हुने दर पहिलो पटक ५० प्रतिशतभन्दा माथि पुगेको छ । मन्त्रालयले परीक्षण बढ्दै जानु, सङ्क्रमित कम फेला पर्नुले निको हुने दर बढेर ५०. ५ प्रतिशत पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया