अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टापछि खुल्यो

  असार २७, २०७७

गैंडाकोट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि सञ्चालनमा आएको छ ।


बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राती १.०० बजे बाढीले बगाइदिएको थियो र जस्का कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको र अवरुद्ध सडक १३ घण्टापछि मात्र सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति एक बजेदेखि बाटो अवरुद्ध थियो ।

बिहानैदेखि निर्माणको कार्य शुरु भएको र दिउँसो २ बजेबाट यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक दिउँसो २ बजेबाट सञ्चालनमा आएपछि रातिदेखि रोकिएका सवारी साधन चल्न थालेका प्रहरीले जनाएको छ । यसअघि पनि बाटो साँघुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटकपटक बाटो जाम हुँदा यात्रुले पटक पटक सास्ती खेप्दैआएका थिए ।

तपाईको प्रतिक्रिया