क्रिस जोर्डन पाखुराको शल्यक्रियापछि टोलीबाट बाहिर

  असार २७, २०७७

काठमाडौं, असार २६ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलर क्रिस जोर्डन आयरल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीबाट बाहिरिएका छन् । इंग्ल्याण्डले जुलाईको अन्त्य र अगष्टको पहिलो साता आयरल्याण्ड विरुद्ध तीनवटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने निर्धारण गरिएको छ ।

पाखुरामा आएको चोटका कारण उहाँ टोलीबाट बाहिरिनुभएको हो । त्यसैगरी, पिठयूँमा चोटका कारण घाइते भई निको हुनुभएका प्याट ब्राउन पनि टोलीमा अटाउनुभएको छैन् । टोलीको घोषणा भए लगत्तै क्रिस जोर्डनले इन्स्टाग्राममा फोटो साझा गर्दै आफू पाखुरामा चोट लागेको र आराम गर्न सुझाब पाएको प्रतिक्रिया दिनुभएको छ । उहाँको पाखुराको शल्यक्रिया गरिएको छ ।

टोलीमा साम बिलिंग्स र देविड विल्लीको पुनरागमन भएको छ । बन्द प्रशिक्षणका लागि घोषित २४ सदस्यीय टोलीमा केही नयाँ अनुहार पनि परेका छन् । इयन मोर्गनको कप्तानीमा घोषित टोलीका सदस्यहरुमा मोइन अली, जोनी बरिष्टौ, टम बान्टन, साम बिलिंग्स, हेनरी ब्रुक्स, ब्रिडन कार्स, टम कर्रन अटाउनुभएको छ ।

त्यसैगरी, लिम डौसन, बेन डकेट, लौरी इभान्स, रिचर्ड ग्लीसन, लेविस ग्रेगरी, साम हैन, टम हेल्भ, लियम लिभिङ्गस्टन र सकिब महमूद छन् । टोलीमा म्याट पार्किन्सन, अदिल राशिद, जैसन रोय, फिल साल्ट, रीस टप्ली, जेम्स भिन्स र देविड विल्ली अटाएका छन् । दुई टोलीबीचको तीन खेलको श्रृखंलाको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय जुलाइ ३० मा साउथम्पटनमा खेलाइनेछ ।

तपाईको प्रतिक्रिया