बोलिभियाका राष्ट्रपतिमा कोरोना सङ्क्रमण

  असार २७, २०७७

काठमाडौँ, असार २६ : बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ ।

सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको र १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने जानकारी गराउनुभएको छ । ट्वीटरमा एक भिडियो साझा गर्नुहुँदै उहाँले कार्यालयका केही सदस्यहरूमा सङ्क्रमणको पुष्टि भएपछि आफूले पनि परीक्षण गराएकोमा सङ्क्रमण फेला परेको जानकारी दिनुभएको हो ।

पछिल्ला दिनमा बोलिभिया सरकारका चार जना शीर्ष अधिकारीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । यसअघि ब्राजिलि राष्ट्रपति जायर बोल्सेनारो र होन्डुरसका राष्ट्रपति जुआन ओरलाण्डो हर्नान्डिजमा सङ्क्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया