सुदूरपश्चिममा ८५ संक्रमित मात्रै अस्पतालको आइसोलेशनमा

  असार २५, २०७७

गोदावरी, असार २५ : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७१ पुगेको छ । यसमध्ये नौं सय ९३ जना विभिन्न अस्पतालवाट डिस्चार्ज भैइसकेका छन् बाँकी रहेका २७८५ संक्रमित माध्येका पनि ८५ जना मात्रै अस्पतालको आइसोलेसनमा उपचारत रहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बुधवार मात्रै अछामका ५५ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनवाट घर पठाइएको बताउनुभयो । उहाँले कोडिभ–१९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरी अहिलेसम्म सबैभन्दा बढी बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, अछामबाट एक सय ४५, कञ्चनपुरका एक सय तीन र कैलालीका ९९ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको बताउनुभयो ।

यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उहाँहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका ८५ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीको टीकापुर अस्पतालमा ४१, कञ्चनपुरको महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा नौं, कैलालीकै मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी ८५ जनाको उपचार भईरहेको छ ।
सुदूरपश्चिममा अहिलेसम्म ८ जना संक्रमितको मृत्यु भईसकेको छभने दुई हजार सात सय ८५ जना संक्रमित विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया