उपत्यकामा २३ सहित थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

  असार २४, २०७७

काठमाडौँ, असार २४ : पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो विवरणअनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।

प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २५३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया