चिनियाँ राजदूतविरुद्ध नेविसंघको प्रदर्शन

  असार २३, २०७७

काठमाडौं, असार २३ : चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो ।

यान्छीले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया