मत्स्येन्द्रनाथको रथारोहण भोलि

  असार २३, २०७७

ललितपुर, असार २३ : रातो मत्स्येन्द्रनाथको ३२ हाते रथ तयार भएको छ । अहिले रथलाई अन्तिम चरणमा सजाउने कार्य भइरहेको छ । वैशाखमा रथारोहण हुनुपर्ने भए पनि कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले रथ निर्माण हुन सकेको थिएन । रथ असार १० देखि मात्र बनाउन सुरु गरिएको थियो ।

रथ निर्माणमा संलग्न दिलकुमार वाराहीका अनुसार असार २४ गते मत्स्येन्द्रनाथको रथारोहण हुन्छ । हाल रथारोहण हुन नसकेको नाथलाई पाटन तःबहालस्थित मन्दिरबाट बाहिर ल्याई भजनघरमा राखिएको छ । ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनले प्रशासनलाई जानकारी दिएर काम थालिएको थियो । 

तपाईको प्रतिक्रिया