काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिए

  असार २२, २०७७

काठमाडौँ, असार २२ : काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको बताए ।

तपाईको प्रतिक्रिया