बर्नली र सेफिल्डबीच बराबरी

  असार २१, २०७७

लन्डन, असार २१ : इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बोकेका यी दुई क्लबलाई बराबरीको नतिजाले फाइदा पुर्‍याउने छैन ।

बर्नलीले आफ्नो घरेलु मैदानमा जेम्स टारकोवस्कीको गोलले ४३ औं मिनेटमा अग्रता लिएको थियो । तर सेफिल्डका तर्फबाट खेल सकिन १० मिनेट अगाडि जोन इगनले बराबरी गोल फर्काए । लिग तालिकामा आठौं स्थानका सेफिल्डको ४८ अंक छ भने बर्नली थप एक स्थान पछाडि दुई अंकको दूरीमा छ ।

तपाईको प्रतिक्रिया