दुई अध्यक्षबीचको वार्ता सकारात्मक

  असार २१, २०७७

काठमाडौँ, असार २१ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ ।

दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप भएको वार्ता २ः१५ बजे सकिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताउनुभयो ।

अध्यक्षहरूसँग महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पनि सहभागिता थियो । वार्तामा भएको विस्तृत विवरणबारे बाहिर जानकारी गराइएको छैन ।

तपाईको प्रतिक्रिया