उपत्यकामा ३० सहित थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४

  असार २१, २०७७

काठमाडौँ, असार २१ : पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छन् ।

योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् ।

क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ ।

अहिलेसम्म छ हजार ५४७ डिस्चार्ज हुनुभएको छ ।

तपाईको प्रतिक्रिया