नयाँ संक्रमित २३२ जना थपिए, कुल संक्रमित संख्या १५ हजार ४९१

  असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यससँगै देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । शुक्रबारसम्म सङक्रमितको सङ्ख्या १५ हजार २५९ रहेको थियो ।

हालसम्म कोरोनाभाइरसका सङ्क्रमित छ हजार ४१५ जना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरसका नौ हजार ४२ जना सङ्क्रमित हाल आइसलोसनमा छन् ।

तपाईको प्रतिक्रिया