नागालैण्डमा कुकुरको मासु आयात तथा बिक्रि वितरणमा प्रतिबन्ध

  असार २०, २०७७

काठमाडौं, असार २० : भारतको नागालैण्ड राज्यमा कुकुरको मासु बिक्रि तथा आयातमा प्रतिबन्ध लगाइएको छ । पशु हकहित संस्थाहरुको वर्षौंदेखिको अभियानलाई मूर्त रुप दिन भारतको उत्तर पूर्बी राज्य नागालैण्ड सरकारले उक्त घोषणा गरेको हो ।

पशु हित संस्थाहरुले कुकुरप्रतिको निर्दयी व्यवहार अन्त्य गर्न सरकारी घोषणा महत्वपूर्ण हुने प्रतिक्रिया दिएको छ । तर केही नागरिक समूहले भने राज्य सरकारको घोषणाको आलोचना गर्दै खाद्य छनोटको हननको रुपमा अथ्र्याएको छ ।

बीबीसीका अनुसार नागालैण्डका प्रमुख सचिब तेम्जेन टयले शुक्रबार ट्वीट गर्नुहुँदै उक्त निर्णयबारे जानकारी गराउनुभयो । उहाँले बजारमा कुकुरको व्यवसायिक आयात, काँचो वा पाकेको मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाउने प्रादेशिक मन्त्रीपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्नुभएको छ ।

राज्य सरकारले प्रतिबन्धको कार्यान्वयन सम्बन्धमा आफ्नो नीति सार्वजनिक गरिसकेको छैन् । नागालैण्डमा प्रतिवर्ष करीब ३० हजार कुकुरको गैरकानूनी रुपमा ब्यापार हुँदै आएको छ । काठको टुक्राले हिर्काउँदै कुकुरलाई मारिन्छ । यसअघि मिजोरम राज्यले समेत मासु प्रयोजनका लागि कुकुरको ब्यापारमा प्रतिबन्ध लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया