इंग्ल्याण्ड क्रिकेट टोलीका बलर सैम कर्रन बिरामी

  असार २०, २०७७

काठमाडौं, असार १९ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलिङ अलराउण्डर सैम कर्रन आइसोलेशनमा बस्नुभएको छ । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्ट खेल आगामी साता सुरु हुनुभन्दा अघि टोलीका एकजना महत्वपूर्ण सदस्य बिरामी हुनपुगेको छ ।

ज्वरोसँगै झाडापखाला लागेपछि उहाँ बुधबारदेखि आइसोलेशनमा बस्नुभएको हो । बिहिबार उहाँको कोरोनाभाइरस सङ्क्रमणको परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । शुक्रबार उहाँको स्वास्थ्य प्रतिवेदन आउने क्रिकइन्फोले जनाएको छ ।

आइतबार इंग्ल्याण्ड क्रिकेट टोलीका सबै सदस्यहरुको कोरोना परीक्षण गरिनेछ । वेष्टइन्डिज क्रिकेट टोलीलाई कर्रनको बिरामीबारे सूचना दिइएको छ । टोलीमा अफस्पिनर आमिर भिर्डीलाई समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया