पाकिस्तानका विदेश मन्त्रीमा कोरोना सङ्क्रमणको पुष्टि

  असार २०, २०७७

काठमाडौं, असार २० : पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । शुक्रबार उहाँले आफूमा सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार शुक्रबार बेलुकी विदेश मन्त्री शाह मेहमूदले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको पेजमा ज्वरो आएपछि आफू तात्कालै अलग्गिएको उल्लेख गर्नुएको छ ।

विदेश मन्त्री कुरेशी गत् बिहिबार मन्त्रीपरिषद्को बैठकमा समेत उपस्थित हुनुभएको थियो । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको बैठकमा मन्त्रीपरिषद्का अन्य सदस्यहरु समेत सहभागी थिए ।

पछिल्लो पटक उहाँले संयुक्त राष्ट्र संघको लागि अफगानिस्तानका प्रतिनिधिसँग समेत भेटवार्ता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया